काठमाडौँको मेयरबाट राजीनामा दिँदै बालेन

काठमाडौँको मेयरबाट राजीनामा दिँदै बालेन
मधेशपत्र मधेशपत्र २०८२ माघ ४, आईतवार १३:००
काठमाडौँको मेयरबाट राजीनामा दिँदै बालेन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज पदबाट राजीनामा दिँदै छन् ।

केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।

ADVERTISEMENT

रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।

बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

इन्जिनियर विषय अध्ययन गरी र्‍यापरको छवि बनाएका बालेन २०७९ सालको निर्वाचनमा काठमाडौँको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए । रास्वपामा प्रवेश गरेर उनी वरिष्ठ नेता बनेका छन् ।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !