मधेश प्रदेशका पाँच सांसद पदमुक्त

मधेश प्रदेशका पाँच सांसद पदमुक्त
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक २७, बिहीबार २१:३८
मधेश प्रदेशका पाँच सांसद पदमुक्त

जनकपुरधाम : मधेश प्रदेशका पाँच जना प्रदेशसभा सदस्यहरू पदमुक्त भएका छन् । सभामुख रामचन्द्र मण्डलले बिहीबारदेखि लागू हुने गरी उनीहरूलाई पदमुक्त गरिएको घोषणा गरेका हुन् ।

पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह (सर्लाही), जनता समाजवादी पार्टी नेपालका सांसद मनिष कुमार सुमन (सप्तरी), संजय कुमार यादव (सर्लाही–३(२), सिंहासन साह कलवार (सर्लाही–४(२) र सारदा शंकर प्रसाद कलवार (बारा–२(१) रहेका छन् ।

ADVERTISEMENT

पदमुक्त सांसदमध्ये दुई जना समानुपातिक प्रणालीबाट निर्वाचित र तीन जना प्रत्यक्षतर्फबाट निर्वाचित भएका छन् ।

सभामुख मण्डलका अनुसार ती सांसदहरू लगातार १० वटा बैठकमा अनुपस्थित रहेकाले प्रदेशसभा नियमावलीअनुसार उनीहरूको पद खारेज गरिएको हो ।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बिहीबार २१:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !