सिरहा नगरपालिकाले अस्थायी र करार कर्मचारीको सम्झौता रद्द

सिरहा नगरपालिकाले अस्थायी र करार कर्मचारीको सम्झौता रद्द
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ आश्विन १२, आईतवार २३:३७
सिरहा नगरपालिकाले अस्थायी र करार कर्मचारीको सम्झौता रद्द

सिरहा : सिरहा नगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत सबै कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अस्थायी र करारमा कर्मचारी नराख्ने निर्णय गरेसँगै नगरपालिकाले उक्त व्यवस्था लागू गरेको हो।

ADVERTISEMENT

नगरपालिकाले असोज १३ गतेदेखि अस्थायी, करार, ज्यालादारी र अन्य सेवामा कार्यरत कर्मचारीलाई लागू हुने गरी सम्झौता रद्द गरिएको जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी नियुक्त गर्न नपाउने निर्णयअनुसार यो कार्यालय अन्तर्गत अस्थायी, करार, ज्यालादारी तथा अन्य सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति तथा सम्झौता मिति २०८२ असोज १३ गतेदेखि रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।”

 

प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार २३:३७
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !