मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक विमानस्थलमा समातिए

मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक विमानस्थलमा समातिए
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ८, बुधबार १५:१२
मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक विमानस्थलमा समातिए

काठमाडौं : करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

ADVERTISEMENT

उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ ।

भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।

प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १५:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !