सर्लाहीमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते

सर्लाहीमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ६, सोमबार १५:११
सर्लाहीमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र टाटा योद्धा (पिकअप) ठोक्किँदा दुई जना घाइते भएका छन्।

लालबन्दी नगरपालिका–१७, रानिगञ्ज क्षेत्रमा बिहान करिब साढे ४ बजे प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ०३८८ नम्बरको टाटा योद्धा (पिकअप) आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।

ADVERTISEMENT

दुर्घटनामा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–४ का ३७ वर्षीय राजेन्द्र लामा र पिकअप चालक सिरहा कर्जन्हा नगरपालिका–४ का ३२ वर्षीय दुर्गा विक घाइते भएका छन्।

दुवै घाइतेलाई उपचारका लागि मोडेल अस्पताल लालबन्दीमा भर्ना गरिएको छ। ट्रक चालक लामालाई गम्भीर चोट लागेको छ भने पिकअप चालक विकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ६, सोमबार १५:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !