अध्ययनका लागि विदेश जानेक्रम बढ्दै, एक महिनामा बाहिरियो १४ अर्ब ३१ करोड

अध्ययनका लागि विदेश जानेक्रम बढ्दै, एक महिनामा बाहिरियो १४ अर्ब ३१ करोड
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ५, आईतवार १९:०६
अध्ययनका लागि विदेश जानेक्रम बढ्दै, एक महिनामा बाहिरियो १४ अर्ब ३१ करोड

काठमाडौं : देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले गत सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड रुपैयाँ व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ थियो ।

ADVERTISEMENT

चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा खुद सेवा आय १३ अर्ब ३९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२. ७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ अर्ब ७७ करोड थियो ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १९:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !