सप्तरी डिभिजन वन कार्यालयमा आगजनी र लुटपाट, मालसामान फिर्ता गर्न आग्रह

सप्तरी डिभिजन वन कार्यालयमा आगजनी र लुटपाट, मालसामान फिर्ता गर्न आग्रह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार १७:४८
सप्तरी डिभिजन वन कार्यालयमा आगजनी र लुटपाट, मालसामान फिर्ता गर्न आग्रह

सप्तरी : जेनजी आन्दोलनका क्रममा सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

कार्यालयका अनुसार आन्दोलनका क्रममा विभिन्न व्यक्तिले कार्यालयभित्र रहेका जिन्सी सामान, सरकारी कागजात, फर्निचरलगायतका सामग्री लुटपाट गरी लगेका छन्। सो क्रममा कैयौँ व्यक्तिले सामग्री बोकेर लैजाने दृश्य भिडियो र तस्वीरका माध्यमबाट प्रमाणित भएको पनि कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यस सम्बन्धमा डिभिजन वन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै चोरी वा लुटपाटमा संलग्नले तत्काल मालसामान फिर्ता गर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, “कार्यालयमा रहेका सम्पूर्ण मालसामान चोरी गरी लगिएको पुष्टि भएकाले ती सामग्री तत्काल फिर्ता गरिदिनुहुन अनुरोध गर्दछौं। अन्यथा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अगाडि बढाइनेछ।”

उक्त सूचना डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासको हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १७:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !