क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३०, सोमबार ०५:५५
क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

काठमाडौं : नेपाल इञ्जिनियर्स एशोसिएसनले देशभर क्षतिग्रस्त भौतिक संरचनाको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ।

एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भत्किएका संरचनाको मूल्याङ्कन र पुनःनिर्माणमा इञ्जिनियरहरूको प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराइने जानकारी दिएका छन्।

ADVERTISEMENT

“विसं १९९० र २०७२ को भूकम्पपछिको पुनःनिर्माणमा नेपाली प्राविधिक जनशक्तिको योगदान महत्वपूर्ण थियो। आगामी दिनमा पनि त्यस्तो भूमिका निरन्तरता दिन चाहन्छौं,” विज्ञप्तिमा उल्लेख छ।

एशोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार विद्यमान जटिल परिस्थितिमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको प्रारम्भिक निरीक्षण गरी मूल्याङ्कन सुरु गरिएको छ।

उनका अनुसार क्षतिग्रस्त संरचनाको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता परीक्षण, वैकल्पिक व्यवस्थापन तथा पुनःनिर्माणको सम्भाव्यता अध्ययनसमेत अभियानअन्तर्गत हुनेछन्।

एशोसिएसनले सम्पूर्ण इञ्जिनियरलाई अभियानमा जोडिन आह्वान समेत गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार ०५:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !