पर्साको सखुवा प्रसौनी–६ मा जेन–जी जनमत संघ गठन

पर्साको सखुवा प्रसौनी–६ मा जेन–जी जनमत संघ गठन
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक ६, बिहीबार १२:१८
पर्साको सखुवा प्रसौनी–६ मा जेन–जी जनमत संघ गठन

पर्सा : पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ मा जेन–जी जनमत संघ गठन गरिएको छ।

जनमत पार्टीकी केन्द्रीय सदस्य मालती कुशवाहाको अध्यक्षतामा बसेको बैठकले रोशन यादवको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय जेन–जी जनमत संघ गठन गरेको हो।

ADVERTISEMENT

संघको कोषाध्यक्षमा विष्णु सहनी, सचिवमा उपेन्द्र कङ्कर, सहसचिवमा गोनु राउत र सदस्यमा अर्जुन गिरीलगायत २१ जना युवा रहेका छन्।

त्यसैगरी, वडा स्तरीय जेन–जी मतदाता दर्ता अभियानको प्रशिक्षण पनि सुरु गरिएको छ। जनमत पार्टीले पर्सा क्षेत्र नं. ३ अन्तर्गतका गाउँगाउँमा जेन–जी समूहका युवालाई मतदाता बनाउने अभियान संचालनमा ल्याएको जनाएको छ।

पार्टीका अनुसार यो अभियानले युवा पुस्तालाई राजनीतिक सचेतना र सहभागितातर्फ अभिमुख गराउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक ६, बिहीबार १२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !