जेनजी आन्दोलनका घाइतेहरूसँग भेट्दै सीके राउत : ‘नयाँ पुस्ताको संघर्ष नै भविष्यको मार्गनिर्देशक’

जेनजी आन्दोलनका घाइतेहरूसँग भेट्दै सीके राउत : ‘नयाँ पुस्ताको संघर्ष नै भविष्यको मार्गनिर्देशक’
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २९, आईतवार १९:५५
जेनजी आन्दोलनका घाइतेहरूसँग भेट्दै सीके राउत : ‘नयाँ पुस्ताको संघर्ष नै भविष्यको मार्गनिर्देशक’

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेन–जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका युवाहरूसँग आइतबार काठमाडौंस्थित सिभिल अस्पतालमा भेटघाट गरेका छन् ।

भेटका क्रममा अध्यक्ष राउतले देशमा परिवर्तन र समानताका लागि सडकमा उत्रिएका युवाहरूको साहस, बलिदान र अटुट आस्थाप्रति सम्मान प्रकट गरे । उनले भने, “देशमा नयाँ पुस्ताको संघर्ष र आकांक्षा नै भविष्यको मार्गनिर्देशक शक्ति हो । परिवर्तनका लागि उनीहरूले गरेको योगदानलाई इतिहासले कहिल्यै बिर्सने छैन ।”

ADVERTISEMENT

घाइतेहरूसँगको भावुक भेटमा राउतले उपचार र उचित न्याय सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको पुनः स्मरण गराए । साथै, आन्दोलनले अघि सारेको आवाजलाई संस्थागत रूपमा सम्बोधन गर्न सबै तह–तप्काका मानिस एकजुट हुनुपर्नेमा जोड दिए ।

जनमत पार्टीका अन्य नेताहरूको उपस्थितिमा भएको उक्त भेटले घाइते र उनीहरूको परिवारको मनोबल बढाएको परिवारजनले बताएका छन् ।

जेन–जी आन्दोलनमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये ५९ आन्दोलनकारी, १० कैदिबन्दी र ३ सुरक्षाकर्मी रहेका छन् । त्यस्तै ८ सयभन्दा बढी घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार १९:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !