कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ

कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २९, आईतवार १९:३७
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले जेलबाट फरार चार जना विदेशी कैदीबन्दीलाई पक्राउ गरेको छ ।

चारजना नाइजेरियन र १ जना ब्राजिलका गरी चार विदेशी कैदीबन्दी नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट पक्राउ परेका हुन् ।

ADVERTISEMENT

पक्राउ पर्नेमा नाइजेरिय नगरिकहरु ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । यस्तै ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेका छन् ।

जेनजीको आन्दोलन चर्केपछि २४ भदौमा उनीहरू नख्खु कारागारबाट भागेको खुलेको छ ।

प्रहरी स्रोतका नुसार उनीहरू लागुऔषध र भिसा टेड समाप्त भएको अभियोगमा जेलमा थिए ।

उनीहरूलाई भारत बिहारको बासोपट्टी क्षेत्रबाट पक्राउ गरेर धनुषा प्रहरीले ल्याएको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार १९:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !