हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य

हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २८, शनिबार १०:०८
हट्यो कर्फ्यु र निषेधाज्ञा, जनजीवन सामान्य

काठमाडौं ः नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।

आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवा पुस्तासहित सम्पूर्ण देशवासीमा खुसियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

ADVERTISEMENT

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।

प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार १०:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !