सुरक्षा निकायद्वारा देशभर कडाइ, २७ पक्राउ, लाखौं नगद र हतियार बरामद

सुरक्षा निकायद्वारा देशभर कडाइ, २७ पक्राउ, लाखौं नगद र हतियार बरामद
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २५, बुधबार ११:०९
सुरक्षा निकायद्वारा देशभर कडाइ, २७ पक्राउ, लाखौं नगद र हतियार बरामद

काठमाडौं : देशभर नेपाली सेना सहितका सुरक्षा निकाय परिचालन भएपछि विभिन्न स्थानमा लुटपाट, आगजनी र तोडफोडमा संलग्न २७ जना पक्राउ परेका छन्।

सुरक्षा निकायका अनुसार भाद्र २४ गते राति १० बजेदेखि परिचालन गरिएको सेनाको सहयोगपछि भाद्र २५ गते बिहान १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानमा गरिएको कारबाहीमा पक्राउ गरिएका मध्ये धेरैजसो अराजक गतिविधिमा संलग्न रहेको पाइएको छ।

ADVERTISEMENT

काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा संलग्न समूहबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ। त्यस्तै, काठमाडौँका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियार बरामद भएको छ। बरामद हतियारसँगै म्यागजिन र ठूलो संख्यामा गोलीगठ्ठा समेत फेला परेको छ।

आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको र अझै नियन्त्रणको प्रयास भइरहेको सुरक्षा निकायले जनाएको छ।

सो क्रममा नेपाल प्रहरीका २३ जना सुरक्षाकर्मी र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको उपचार सैनिक अस्पतालमा भइरहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २५, बुधबार ११:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !