सुनको मूल्य तोलामा २५ सयले बढ्यो

सुनको मूल्य तोलामा २५ सयले बढ्यो
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २०, शुक्रबार १२:०७
सुनको मूल्य तोलामा २५ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !