मन्त्री कुशवाहाद्वारा भीठामोड नाकाको स्थलगत निरीक्षण

मन्त्री कुशवाहाद्वारा भीठामोड नाकाको स्थलगत निरीक्षण
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १८, बुधबार १४:४२
मन्त्री कुशवाहाद्वारा भीठामोड नाकाको स्थलगत निरीक्षण

जनकपुरधाम : मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहाले महोत्तरीको भीठामोड सीमा नाकामा स्थलगत निरीक्षण गरेका छन् ।

बुधबार मन्त्री कुशवाहाले स्थलगत निरीक्षणका क्रममा नाकाको पूर्वाधार, आव्रजनको प्रक्रिया, सुरक्षा व्यवस्था र सेवा सुविधाको अवस्था प्रत्यक्ष अवलोकन गरेका थिए। उनले भीठामोडलाई पर्यटकमैत्री सीमा नाका बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको जानकारी दिए।

ADVERTISEMENT

मन्त्रालयका अनुसार नाकामा आधुनिक आव्रजन सुविधा, पर्यटन सूचना केन्द्र, आवास तथा यातायात सेवा, सुरक्षा सुदृढीकरण र मधेश प्रदेशका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक गन्तव्य प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै छिट्टै कार्यान्वयन सुरु गरिनेछ।

सरकारको यो पहलले भीठामोड नाकालाई व्यवस्थित, सुरक्षित र आकर्षक प्रवेशद्वार बनाउन मात्र नभई मधेश प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार १४:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !