गजेन्द्र नारायण सिंहको स्मारकमा डा. सीके राउतद्वारा माल्यार्पण

गजेन्द्र नारायण सिंहको स्मारकमा डा. सीके राउतद्वारा माल्यार्पण
मधेशपत्र मधेशपत्र २०८२ मंसिर २४, बुधबार १४:३३
गजेन्द्र नारायण सिंहको स्मारकमा डा. सीके राउतद्वारा माल्यार्पण

सप्तरी : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नेता स्वर्गीय गजेन्द्र नारायण सिंहको स्मारकमा माल्यार्पण गरेका छन्।

बुधबार बिहान तिलाठी कोइलाडी गाउँपालिका–४ जिरिया हटियामा अवस्थित स्व. गजेन्द्र नारायण सिंहको स्मारकमा माल्यार्पण गर्दै अध्यक्ष डा. राउतसहित पार्टीका नेताकार्यकर्ताले स्मारक परिसरमा सरसफाइ गरेका हुन्।

ADVERTISEMENT

कार्यक्रमका क्रममा डा. राउतले स्मारक परिसरलाई हरित र व्यवस्थित बनाउन विभिन्न प्रकारका फूलका बिरुवा रोप्न स्थानीय नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।

कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीका केन्द्रीय सदस्य निहाल सिंह राजपुतले बताए ।

प्रकाशित मिति: २०८२ मंसिर २४, बुधबार १४:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !