फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १७, मंगलवार ११:५०
फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ११:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !