सिरहामा भन्सार छलीका लत्ताकपडासहित भारतीय स्कारपियो नियन्त्रणमा

सिरहामा भन्सार छलीका लत्ताकपडासहित भारतीय स्कारपियो नियन्त्रणमा
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ भाद्र १३, शुक्रबार ११:२९
सिरहामा भन्सार छलीका लत्ताकपडासहित भारतीय स्कारपियो नियन्त्रणमा

सिरहा : लहान नगरपालिका–१९ छारापट्टी चोकमा भन्सार छली गरेर ल्याइएका लत्ताकपडासहित एक भारतीय स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ करिब ८ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानका नायब उपरीक्षक विजयकुमार चौधरीको नेतृत्वमा खटिएको टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारी जाँच गर्ने क्रममा बिआर–०१–पिबी–४६४२ नम्बरको सेतो स्कारपियोलाई रोक्न खोज्दा तीव्रगतिमा भागेको थियो।

ADVERTISEMENT

पछ्याउँदै जाँदा गाडी लहान–१९ को कटाहा चोक नजिकै सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जाँच गर्दा गाडीभित्र सात लाख चार हजार ८५० रुपैयाँ बराबरका विभिन्न लत्ताकपडा बरामद भएको छ। बरामद स्कारपियोको मूल्य करिब १५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

गाडी र बरामद सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १३, शुक्रबार ११:२९
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !