वाग्मतीमा जलसतह सतर्कता तह पार, सावधानी अपनाउन आग्रह

वाग्मतीमा जलसतह सतर्कता तह पार, सावधानी अपनाउन आग्रह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार ००:५२
वाग्मतीमा जलसतह सतर्कता तह पार, सावधानी अपनाउन आग्रह

काठमाडौँ : अविरल वर्षापछि वाग्मती नदीको जलसतह बढ्दै सतर्कता तह पार गरेको छ।

काठमाडौँको गौरीघाट जमामापन केन्द्रमा जलसतह सतर्कता स्तर नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

ADVERTISEMENT

विभागका अनुसार नदीको जलसतह अझै बढ्ने क्रममा रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने र नदी किनार हुँदै यात्रा गर्नेले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था छ।

विभागले शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक जोखिम नलिन सर्वसाधारणलाई सचेत गराएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ००:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !