कमला नगरपालिकाका नगर प्रहरीलाई सशस्त्रबाट तालिम

कमला नगरपालिकाका नगर प्रहरीलाई सशस्त्रबाट तालिम
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १७:५१
कमला नगरपालिकाका नगर प्रहरीलाई सशस्त्रबाट तालिम

जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका नगर प्रहरीलाई आधारभूत तालिम शुक्रबारदेखि सुरु गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा धनुषामा सञ्चालन भएको तालिम असोज १२ गतेसम्म चल्नेछ।

ADVERTISEMENT

तालिमको उद्घाटन कमला नगरपालिकाका मेयर बिशेश्वर प्रसाद यादवले गरेका हुन्। उद्घाटन समारोह गणपति श्री निर्मल खड्काको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नगरपालिकाको योजना शाखा प्रमुख बिरेन्द्र सढानलगायतको उपस्थिति थियो।

 

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १७:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !