कटहरियामा आम जनता पार्टीद्वारा संगठन विस्तार, दुई टोल कमिटी गठन

कटहरियामा आम जनता पार्टीद्वारा संगठन विस्तार, दुई टोल कमिटी गठन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ५, बिहीबार २१:५६
कटहरियामा आम जनता पार्टीद्वारा संगठन विस्तार, दुई टोल कमिटी गठन

रौतहट : किसानलाई मलखाद तुरुन्त उपलब्ध गराउने संकल्पसहित आम जनता पार्टी (आजपा) ले कटहरिया नगरपालिकामा संगठन विस्तारलाई तीव्र बनाएको छ।

बिहिबार कटहरिया–५ बलिरामपुरमा आयोजित भेलाले संजय महतोको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरेको छ भने कटहरिया–४ मा प्रगास दासको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी चयन गरिएको छ।

ADVERTISEMENT

सो अवसरमा आजपा नेता सियाराम कुशवाहा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने जिल्ला अध्यक्ष नरेश तुरहा लगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो।

सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै पार्टीले आगामी दिनमा किसानहितमा ठोस कार्यक्रमसहित जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार २१:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !