ओभरलोड ग्राभेल बोकेको टिपर सल्हेश चौकमा पल्टियो

ओभरलोड ग्राभेल बोकेको टिपर सल्हेश चौकमा पल्टियो
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ भाद्र ४, बुधबार २१:४९
ओभरलोड ग्राभेल बोकेको टिपर सल्हेश चौकमा पल्टियो

जनकपुरधाम : धनुषाको बिरेन्द्रबजार–मैनाथपुर सडकखण्डमा एक ओभरलोड टिपर दुर्घटना भएको छ।

बुधबार सहिदनगर नगरपालिका–६ स्थित हठिपुरको सल्हेश चौकमा ग्राभेल बोकेको प्रदेश २–०१–००१ ख ०१९३ नम्बरको टिपर सडकको छेउमै पल्टिएको हो।

ADVERTISEMENT

स्थानीयका अनुसार बिरेन्द्रबजारबाट तीनकौरीयातर्फ जाँदै गरेको टिपर ओभरलोड ग्राभेल बोकेको कारण अनियन्त्रित भई पल्टिएको जानकारी दिए ।

प्रहरी टोली घटनास्थलमा पुग्दासम्म उक्त टिपर चालक टोली सहित गइसकेको र टिपर कसको भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार २१:४९
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !