रौतहटमा गाँजासहित एक जना पक्राउ

रौतहटमा गाँजासहित एक जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १३:१०
रौतहटमा गाँजासहित एक जना पक्राउ

रौतहट : रौतहटको गुजरा नगरपालिका–२ बाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार गुजरा–२ का ५५ वर्षीय गोपालबहादुर थिङलाई आफ्नै घरमा लागूऔषध गाँजा खरिद–बिक्री गर्दै गरेको सूचना पाएपछि प्रहरी चौकी रंगपुर र चन्द्रनिगाहपुर प्रहरीले संयुक्त अपरेसन सञ्चालन गरी पक्राउ गरेको हो ।

ADVERTISEMENT

प्रहरीले घर खानतलासी गर्दा कोठामा लुकाइराखिएको ३ किलो ५० ग्राम गाँजा बरामद गरेको छ । साथै, नगद ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थिङसँग हाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनले गाँजा कहाँबाट ल्याएको भन्नेबारे स्पष्ट हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि, करिब एक साताअघि सोही इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले धन्सार क्षेत्रमा बारा, निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई ९ किलो ७५० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १३:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !