जनकपुरधामको साई मल्टिस्पेसियालिटी हस्पिटलको कुशासनले १७ वर्षे युवकको मृत्यु

जनकपुरधामको साई मल्टिस्पेसियालिटी हस्पिटलको कुशासनले १७ वर्षे युवकको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार ०८:२८
जनकपुरधामको साई मल्टिस्पेसियालिटी हस्पिटलको कुशासनले १७ वर्षे युवकको मृत्यु

जनकपुरधाम : जनकपुरधामस्थित साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरवाहीका कारण सबैला नगरपालिका–२ का १७ वर्षीय सन्तोष दासको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन्।

धनुषाधाम–जनकपुर सडकखण्डस्थित मिथिला बिहारी नगरपालिका नजिक परशुराम तलाउमा मोटरसाइकल दुर्घटनामा परेका दासलाई सोमबार साँझ दुर्घटना भएको करिब डेढ घण्टापछि उक्त अस्पतालमा पुर्याइएको थियो। तर अस्पतालमा पुर्‍याइएपछि करिब दुई घण्टासम्म चिकित्सक नआएपछि सन्तोषको मृत्यु भएको उनको दिदीले बताइन्।

ADVERTISEMENT

दुर्घटनामा परेका सन्तोषसहित साहिल साफीलाई धनुषाधाम लेखिएको एम्बुलेन्सले उद्दारी गरी अस्पताल पुर्याएको थियो।

आफन्तका अनुसार एम्बुलेन्स चालकले परिवारसँग कुनै सल्लाह नगरीकनै ‘सेटिङ’मा बिरामीलाई उक्त निजी अस्पतालमा लगेका हुन्। पछिल्लो समय एम्बुलेन्सले बिरामी निजी अस्पतालसँग मिलेर लैजाने गरेको आरोप भइरहेकै बेला यस्तो घटना भएपछि एम्बुलेन्स चालकमाथि पनि शंका उत्पन्न भएको छ।

दुई घण्टासम्म चिकित्सक नआएपछि सन्तोषको मृत्यु भएको र अर्को गम्भीर घाइते साहिल साफीलाई पछि प्रादेशिक अस्पताल जनकपुरधाममा रेफर गरिएको पीडित पक्षसँगै रहेका सुरेन्द्र यादवले जानकारी दिए।

साहिलको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार ०८:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !