डा. सिके राउत रुस भ्रमण सकेर स्वदेश फर्किए

डा. सिके राउत रुस भ्रमण सकेर स्वदेश फर्किए
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३१, शनिबार २३:३७
डा. सिके राउत रुस भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत एक साताको रुस भ्रमण सम्पन्न गरी आज राति स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउत, उपाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पार्टी प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय सचिव एवं पूर्वमन्त्री अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य हरेन्द्र चौधरीलगायत नेताहरूले उनको स्वागत गरेका छन्।

ADVERTISEMENT

रुस भ्रमणको क्रममा डा. राउतले रसियामा कार्यरत नेपाली राजदूत जंग बहादुर चौहान तथा दूतावासका कर्मचारीहरूसँग मस्कोमा भेटघाट गरेका थिए। साथै, उनले विभिन्न राजनीतिक तथा शैक्षिक कार्यक्रमहरूमा सहभागिता जनाएका थिए। मस्कोमा बसोबास गर्ने नेपाली समुदायसँग समेत उनले प्रत्यक्ष भेटघाट र संवाद गरेका थिए।

जनमत पार्टीका अनुसार यो भ्रमणले नेपाल र रुसबीचको सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहकार्यका नयाँ सम्भावना थप सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार २३:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !