जनमत पार्टीले लुम्बिनी प्रदेशमा निलम पासवानलाई पठाउने तयारी

जनमत पार्टीले लुम्बिनी प्रदेशमा निलम पासवानलाई पठाउने तयारी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २५, आईतवार १५:२४
जनमत पार्टीले लुम्बिनी प्रदेशमा निलम पासवानलाई पठाउने तयारी

रुपन्देही : जनमत पार्टी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले राजीनामा दिएपछि सो स्थानमा दलित कोटाकी निलम पासवानलाई समानुपातिक सदस्य बनाउन सिफारिस गर्ने तयारी भएको छ।

आदिवासी जनजाति (महिला) कोटाबाट निर्वाचित गुरुङको नाम बन्द सूचीमा पहिलो नम्बरमा थियो भने पुरुषतर्फ राजनकुमार श्रेष्ठ दोस्रो नम्बरमा थिए।

ADVERTISEMENT

गुरुङले गत वैशाख ३० गते व्यक्तिगत व्यस्तताको कारण देखाउँदै राजीनामा दिएपछि नियमअनुसार श्रेष्ठको नाम पठाउनुपर्ने भए पनि उनी विगत दुई वर्षदेखि पार्टी सम्पर्कमै नरहेको जनमत पार्टीका एक पदाधिकारीले बताए।

पार्टीले पटक–पटक सम्पर्क प्रयास गर्दा पनि श्रेष्ठ सम्पर्कमा आएनन्। जेठ २० गते पहिलोपटक स्पष्टीकरण सोधिए पनि उनले जवाफ नदिएको र अब उनको नाम बन्दसूचीबाट हटाउने प्रक्रिया सुरु भएको पार्टी स्रोतको भनाइ छ।

श्रेष्ठको नाम हटाएपछि दलित कोटाको बन्द सूची क्रमांक ४ मा रहेकी निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने तयारी भएको हो। निलम मूलतः मधेश प्रदेश सिरहाकी भए पनि हाल लुम्बिनी प्रदेशमा बसोबास गर्दै आएकी छन्।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउत हाल विदेशमा रहेका कारण उनी स्वदेश फर्केपछि अर्को हप्तातिर आयोगमा सिफारिस पठाइने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १५:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !