Breaking News: धनुषाको दुहबीमा चल्यो गोली

Breaking News: धनुषाको दुहबीमा चल्यो गोली
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार २१:२७
Breaking News: धनुषाको दुहबीमा चल्यो गोली

जनकपुरधाम : धनुषा जिल्लाको विदेह नगरपालिका–२ अन्तर्गत पर्ने दुहबी बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीले बुधबार साँझ दुई राउन्ड गोली प्रहार गरेको छ।

भारतबाट अवैध रूपमा सामग्री भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल (एपीएफ) को टोली परिचालन गरिएको थियो। एपीएफका अनुसार साँझ करिब ८ बजे नेपाल–भारत सीमा क्षेत्रको दसगजामा तस्करी गतिविधि भइरहेको जानकारी पाएपछि टोलीले निगरानी तीव्र पारेको थियो।

ADVERTISEMENT

तस्करी नियन्त्रणको प्रयास गर्दा अवस्था तनाबग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको सशस्त्र स्रोतले जनाएको छ। प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो।

गोली प्रहारबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ। सशस्त्र प्रहरीले तस्करी रोक्न चेतावनीस्वरूप मात्रै गोली चलाइएको दाबी गरेको छ।

घटनापछि सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ। पछिल्लो समय भारततर्फबाट अवैध रूपमा सामग्री ल्याउने गतिविधि बढेकाले सुरक्षा निकायहरू सतर्क बनेका छन्।

स्थानीयवासीहरूका अनुसार रातिको समयमा तस्करीका गतिविधि बाक्लो रूपमा हुँदै आएका छन्। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पारिएको र तस्करी नियन्त्रणका लागि नियमित गस्तीलाई थप प्रभावकारी बनाइएको जानकारी दिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार २१:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !