रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो बैठक

रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो बैठक
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार ०८:५५
रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो ३ बजे बोलाइएको छ ।

समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मनीष झाले जानकारी दिए ।

ADVERTISEMENT

बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ ।

यसका साथै सुदूरपश्चिम प्रदेश समस्या समाधान, विधान ब्याख्या, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना हुने फ्युचर लिडर्स समिट, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप लगायत विविध विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०८:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !