महादेवा गाउँपालिकाको ‘विविध खर्च’ आन्तरिक आम्दानीभन्दा बढी, खानपानमै लाखौं खर्च

महादेवा गाउँपालिकाको ‘विविध खर्च’ आन्तरिक आम्दानीभन्दा बढी, खानपानमै लाखौं खर्च
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८२ श्रावण १८, आईतवार १४:११
महादेवा गाउँपालिकाको ‘विविध खर्च’ आन्तरिक आम्दानीभन्दा बढी, खानपानमै लाखौं खर्च

राजविराज : सप्तरीको महादेवा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक आम्दानीभन्दा बढी खर्च गरेको पाइएको छ।

गाउँपालिकाको आर्थिक अभिलेखअनुसार ‘विविध खर्च’ शीर्षकमा मात्रै २१ लाख २५ हजार रुपैयाँ खर्च गरिएको छ। तर सोही अवधिमा पालिकाको आन्तरिक आम्दानी १६ लाख २२ हजार रुपैयाँ मात्र छ। यस हिसाबले विविध खर्च आन्तरिक आम्दानीको १३१ प्रतिशतभन्दा बढी पुगेको छ।

ADVERTISEMENT

विविध खर्च शीर्षकभित्र खानपानमा मात्रै लाखौं रुपैयाँ खर्च भएको देखिन्छ। वडा कार्यालयदेखि पालिका कार्यालयसम्मले विभिन्न होटल तथा स्टोरबाट खाजा, खाना लगायत सामग्री खरिद गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) मा बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य कायम गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर महादेवा गाउँपालिकाको खर्च शैली सो प्रावधानविपरीत देखिएको हो।

वित्तीय पारदर्शिता र जवाफदेहिताको सवाल उठाउँदै विज्ञहरू भन्छन्, ‘खानपानमा अत्यधिक खर्च गर्नु भनेको विकास निर्माण र सेवा प्रवाहलाई असर पुर्‍याउनु हो। बजेट जनताको आवश्यकता पूरा गर्न खर्च हुनुपर्छ, भोजभतेरमा होइन।’

गाउँपालिकाले आगामी वर्षदेखि खर्चमा मितव्ययिता अपनाउने, र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। तर स्थानीयवासीहरू भने पछिल्लो खर्च प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

 

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार १४:११
लोकेन्द्रप्रसाद यादव

लोकेन्द्रप्रसाद यादव

लेखक


तपाईको प्रतिक्रिया !