रौतहटमा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

रौतहटमा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार १३:१४
रौतहटमा ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

रौतहट : रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ।

मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ब्रेजा कार चेकजाँचको क्रममा रोकिन नमानेपछि प्रहरीले पछ्याएको थियो।

ADVERTISEMENT

ग ३ च ६७९६ नम्बरको उक्त कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए। पछ्याउने क्रममा झाझ खोलानजिक पुगेपछि चालकले गाडी करिब २० फिट गहिरो खेतमा खसालेर फरार भएको प्रहरीले जनाएको छ।

त्यसपछि घटनास्थल पुगेर कार जाँच्दा बाक्लो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो। प्रहरीले गाडीसहित बरामद सामग्री नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षकका अनुसार घटनामा संगठित लागू औषध गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ। फरार चालकको खोजी भइरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !