सिरहामा सात क्विन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहामा सात क्विन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ श्रावण २, शुक्रबार २२:२५
सिरहामा सात क्विन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

सिरहा : सिरहाको सुखीपुर नगरपालिका–४, पोखरियास्थित एक घरबाट सात क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार बिहान गरिएको संयुक्त अपरेसनमा ७ क्विन्टल १७ किलो तौल भएको २७ पोका गाँजा बरामद गरिएको हो।

ADVERTISEMENT

प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले ६० वर्षीय मेदी यादवको घरमा जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

‘सुराकी सूचनाका आधारमा अपरेसन गरिएको थियो। सुरुमा २६ पोका फेला परेकोमा थप खोजतलास गर्दा एक पोका थप बरामद गरियो,’ उनले भने।

प्रहरीका अनुसार गाँजा फेला परे पनि घरधनी यादव भने घटनास्थलबाट फरार छन्। हाल उनको खोजी कार्य जारी रहेको र बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको डीएसपी पासवानले बताए।

उनका अनुसार घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार २२:२५
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !