भारत सरकारद्वारा मटिहानी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

भारत सरकारद्वारा मटिहानी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १५:०६
भारत सरकारद्वारा मटिहानी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

जनकपुरधाम : भारत सरकारले महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत श्रीदेवी सहाय मिनाले मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत मधेस प्रदेशका लागि एक वटा र प्रदेशभित्रका पाँच पालिकाका लागि एक/एक गरी कूल छ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

मटिहानी नगरपालिकाले २०८१ साउन १५ गते मटिहानी स्वास्थ्य चौकीका लागि भारतीय दूतावासमार्फत एम्बुलेन्सको माग गरेको थियो। उक्त मागअनुसार एम्बुलेन्स प्राप्त भएको भन्दै नगर प्रमुख मण्डलले भारतीय पक्षप्रति आभार व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: २०८२ असार १, आईतवार १५:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !