जनकनन्दिनी गाउँपालिकाबाट स्वरोजगार अनुदान, ५० हजारसम्मको सहयोग

जनकनन्दिनी गाउँपालिकाबाट स्वरोजगार अनुदान, ५० हजारसम्मको सहयोग
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३०, शुक्रबार १५:२४
जनकनन्दिनी गाउँपालिकाबाट स्वरोजगार अनुदान, ५० हजारसम्मको सहयोग

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को सशर्त कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएकाहरूलाई लक्षित गर्दै स्वरोजगार अनुदान कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाले स्वदेश फर्किएका, स्वरोजगारमा संलग्न तथा व्यवसाय सुरु गर्ने तयारीमा रहेका स्थानीयलाई अधिकतम ५० हजार रुपैयाँसम्मको अनुदान दिने निर्णय गरेको हो।

ADVERTISEMENT

‘बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई स्वरोजगारका लागि आर्थिक सहयोग’ शीर्षकमा सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत अनुदानको लागि ७ दिनभित्र अनलाइन आवेदन दिनुपर्ने जनाइएको छ।

गाउँपालिकाको आधिकारिक वेबसाइट www.janaknandinimun.gov.np मार्फत आवेदन दिन सकिनेछ। इच्छुक आवेदकले स्पष्ट व्यवसाय योजना पेश गर्नु अनिवार्य गरिएको छ।

गाउँपालिकाका अनुसार स्वरोजगारमा अघि बढ्न चाहनेहरूका लागि यो कार्यक्रम ठूलो अवसर हो। योजना निर्माण, तालिम र प्राविधिक सहयोगसमेत प्रदान गरिने बताइएको छ।

को–को आवेदन दिन सक्छन्?
बैदेशिक रोजगारबाट फर्केका, हाल स्वरोजगारमा संलग्न, वा स्वरोजगार सुरु गर्न चाहने जनकनन्दिनी गाउँपालिका अन्तर्गतका सबै स्थानीय बासिन्दा यो अनुदान कार्यक्रमको लागि योग्य हुनेछन्।

थप जानकारीका लागि सम्पर्क:
हरिशंकर पासवान , परिवार परामर्शकर्ता: ९८०७०६३१८१
बिनिता कुमारी महतो ,रोजगार परामर्शकर्ता: ९८४२८०३९४५
जय जय राम कुमार चौधरी , सामाजिक परिचालक: ९८०१२३३३३६
कृति कुमारी चौधरी , सामाजिक परिचालक: ९८००६५१३५३

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १५:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !