सिरहा–३ मा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

सिरहा–३ मा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २८, बुधबार १९:३५
सिरहा–३ मा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

सिरहा : सिरहा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रममा संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा क्षेत्रीय समन्वयका विषयमा प्रशिक्षण तथा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि पार्टी संगठन विभाग प्रमुख डा. जयकान्त राउतले गाउँ–गाउँमा संगठन निर्माणलाई तीव्रता दिन कार्यकर्तालाई आग्रह गरेका छन्।

उनले आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहदेखि प्रतिनिधिसभा निर्वाचनसम्मको तयारी तत्काल सुरु गर्न निर्देशन दिएका छन्।

“अब संगठन बलियो बनाउँदै चुनावी अभियानलाई तीव्रता दिनुपर्छ,” राउतले कार्यक्रममा भने, “जनतासँग प्रत्यक्ष सम्पर्कमा जाने र जनविश्वास बढाउने अभियान सुरू गर्न जरुरी छ।”

बैठक तथा प्रशिक्षण कार्यक्रममा परिषद्का सदस्यहरू, स्थानीय नेता, वडा र पालिकास्तरीय कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा संगठनात्मक समन्वय, कार्यदिशा र रणनीतिका विषयमा समूहगत छलफलसमेत गरिएको थियो।

उक्त कार्यक्रम राष्ट्रिय परिषद् सदस्य तथा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार इञ्जिनियर दिनेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति: २०८२ जेष्ठ २८, बुधबार १९:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !