मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा झा नियुक्त

मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा झा नियुक्त
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २०, मंगलवार १९:००
मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा झा नियुक्त

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय अवधेशकुमार झालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी झालाई मुख्यमन्त्री सिंहले मंगलबार प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन्। झा विगत २५ वर्षदेखि मधेशको राजनीतिक, सामाजिक तथा विकासका विषयमा कलम चलाउँदै आएका अनुभवी पत्रकार हुन्।

ADVERTISEMENT

मुख्यमन्त्रीको सचिवालयका अनुसार झाको दीर्घ पत्रकारिता अनुभव र मधेशप्रति गहिरो समझदारीका आधारमा उनी प्रेस सल्लाहकारको भूमिकामा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

झालाई नियुक्त गरेपछि विभिन्न क्षेत्रबाट बधाई र शुभकामनाहरू प्राप्त भएका छन्। आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी, राजनीतिक दलका नेताहरू तथा सामाजिक अगुवाहरूले झालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

उनको नियुक्तिले मुख्यमन्त्रीको सचिवालय र सञ्चार माध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। साथै, प्रदेश सरकारका नीति तथा कार्यक्रमहरू जनस्तरसम्म पुर्‍याउन र सञ्चार माध्यमहरूसँग सुमधुर सम्बन्ध विकास गर्न झाको अनुभवले मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार १९:००

तपाईको प्रतिक्रिया !