प्रधानमन्त्री ओलीले आज मधेशमा एकैपटक ६४ सडकको शिलान्यास गर्ने

प्रधानमन्त्री ओलीले आज मधेशमा एकैपटक ६४ सडकको शिलान्यास गर्ने
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १८, आईतवार १२:४१
प्रधानमन्त्री ओलीले आज मधेशमा एकैपटक ६४ सडकको शिलान्यास गर्ने

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै दिन मधेशमा ६४ वटा सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्।

मधेश प्रदेश सरकारको योजनाको जनकपुरधामस्थित निधि भवनबाट प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे एकैपटक ६४ वटा पक्की सडकको डिजिटल शिलान्यास गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनाएको छ।

ADVERTISEMENT

मधेशका ८ जिल्लाका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा एकएक वटाका दरले डिजिटल प्रविधिबाट सडकको शिलान्यास गर्न लागिएको हो।

ती सबै सडक पाँच किलोमिटरका रहने भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवका स्वकीय सचीव सचिन यादवले जानकारी दिए।

६४ निर्वाचन क्षेत्रमा गरेर कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत सकेर शिलान्यास गर्न लागिएको मन्त्रालयले जनाएको छ।

यी सडक निर्माणमा कुल १२ अर्ब ७० करोड खर्च हुने अनुमान गरिएको छ।

मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजनाअन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरणअन्तर्गत यो आयोजना सुरु हुन लागेको मन्त्री सरोज कुमार यादवको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १८, आईतवार १२:४१

तपाईको प्रतिक्रिया !