विदेहमा नेकपा एसका अधिवेशन सम्पन्न,रोहिताको नेतृत्वमा नयाँ नगर कमिटी चयन

विदेहमा नेकपा एसका अधिवेशन सम्पन्न,रोहिताको नेतृत्वमा नयाँ नगर कमिटी चयन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार १९:५२
विदेहमा नेकपा एसका अधिवेशन सम्पन्न,रोहिताको नेतृत्वमा नयाँ नगर कमिटी चयन

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विदेह नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट राजकिशोर रोहिताको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा चयन गरिएको छ।

शनिबार विदेह नगरपालिका–३, चिकनामा सम्पन्न अधिवेशनले रोहिताको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा शम्भु धुनिया, सचिवमा अमर पासवान, सहसचिवमा श्याम यादव र सर्वजित पासवान तथा कोषाध्यक्षमा संजना अधिकारी चयन भएकी छिन् ।

ADVERTISEMENT

कार्यक्रममा नेकपा (एस) का नेता पूर्वमन्त्री रामचन्द्र झा प्रमुख अतिथि रहेका थिए। अधिवेशनमा प्रदेशसभा सदस्य रतनेश्वर लाल गोइत, पोलिटब्युरो सदस्य सुधीर साह, संविधानसभा सदस्य राम अवतार पासवान, पार्टीकी केन्द्रीय सदस्य शिला यादव, अनुशासन आयोग सदस्य एवं प्रदेश सदस्य राम आशिष दास, धनुषा जिल्ला अध्यक्ष रामचन्द्र पण्डित र जिल्ला सचिव राजकुमार यादवको सहभागिता थियो।

नेताहरूले संगठनलाई बलियो बनाउँदै स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्न सबै नेता तथा कार्यकर्तालाई सक्रिय र एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १९:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !