जनकपुरधामदेखि चितवनसम्मको अध्ययन यात्रा, वृक्षारोपण स्थलगत अवलोकन

जनकपुरधामदेखि चितवनसम्मको अध्ययन यात्रा, वृक्षारोपण स्थलगत अवलोकन
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार १८:३२
जनकपुरधामदेखि चितवनसम्मको अध्ययन यात्रा, वृक्षारोपण स्थलगत अवलोकन

जनकपुरधाम : मधेश प्रदेश सरकारअन्तर्गतको “समृद्धिका लागि वन कार्यक्रम” का प्रमुख सुजित कुमार झाले प्रदेश परियोजना व्यवस्थापन इकाई, जनकपुरधामको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन गरिएको अन्तरप्रदेश अध्ययन भ्रमण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।

उक्त भ्रमणमा ४ जना महिला, २४ जना पुरुष र २ जना चालकसहित कुल ३० जनाको सहभागिता थियो। भ्रमण जनकपुरधामबाट सुरु भई बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै पुनः गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवनसम्म सम्पन्न भएको थियो।

ADVERTISEMENT

आज सम्पन्न भ्रमणको अन्तिम चरणमा टोलीले मधेश प्रदेशको पर्सा जिल्लास्थित जगन्नाथपुर गाउँपालिकामा “समृद्धिका लागि वन कार्यक्रम” अन्तर्गत नदी उकास गरिएको सार्वजनिक जग्गामा गरिएको दुई वर्षे तथा एक वर्षे वृक्षारोपणको अवलोकन गरेको थियो।

टोलीको यात्रा बारा जिल्लाको कलैया हुँदै पुनःजनकपुरधाममा समापन भएको हो।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार १८:३२

तपाईको प्रतिक्रिया !