अगामी वर्षको योजना छनोटमा भौतिक पूर्वाधार विकास मन्त्री यादव सक्रिय

अगामी वर्षको योजना छनोटमा भौतिक पूर्वाधार विकास मन्त्री यादव सक्रिय
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १०, शनिबार १९:५३
अगामी वर्षको योजना छनोटमा भौतिक पूर्वाधार विकास मन्त्री यादव सक्रिय

जनकपुरधाम : मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव आगामी आर्थिक वर्षका योजनाहरू छनोट गर्न निर्वाचन क्षेत्रका स्थानीयबासीहरूसँग छलफलमा सक्रिय भएका छन्।

शनिबार मन्त्री यादवले महोत्तरी क्षेत्र नम्बर ४ (क) का विभिन्न स्थानमा पुगेर छलफल गरेका हुन्। उनले क्षेत्रका विकास आवश्यकताबारे स्थानीयवासीको सुझाव लिँदै प्राथमिकता निर्धारणमा जनमतलाई ध्यानमा राखिने बताए।

ADVERTISEMENT

“जनताकै सुझाव र आवश्यकतालाई आधार बनाएर योजना छनोटको प्रक्रिया अघि बढाइँदैछ,” मन्त्री यादवले छलफलका क्रममा बताए। उनका अनुसार स्थानीय तह र समुदायको समन्वयमा व्यवहारिक र दीगो योजना तयार पारिनेछ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १९:५३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !