बाघ संरक्षणसम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर कोल्भीमा सम्पन्न

बाघ संरक्षणसम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर कोल्भीमा सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार ०८:२३
बाघ संरक्षणसम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर कोल्भीमा सम्पन्न

सिमरा : बाराको कोल्भीमा डिभिजन वन कार्यालय बाराको आयोजनामा बाघ संरक्षणसम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर सम्पन्न भएको छ।

शिबिरमा बाघको परिचय, मानिसमाथि बाघले आक्रमण गर्नुका कारण, बाघको महत्व, बाघ–मानव द्वन्द्वका कारण तथा बाघका विशेषता सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रमको उद्देश्य समुदायमा बाघप्रति सकारात्मक सोच विकास गर्नु तथा मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न जनचेतना फैलाउनु रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

शिबिरमा सहभागीलाई बाघ संरक्षणको आवश्यकता र वातावरणीय सन्तुलनमा बाघको भूमिकाबारे जानकारी दिइएको थियो। ‘बन तथा वन्यजन्तु संरक्षणको विषयमा कलम चलाउँदै आएका पत्रकार उपेन्द्र ठाकुरका अनुसार यस्तो अभिमुखिकरण शिबिरले जनचेतना अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।’

डिभिजन वन कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय स्तरमा जनचेतना फैलाउने लक्ष्य लिएको जनाएको छ। शिबिरमा स्थानीयले बाघसम्बन्धी जिज्ञासा राखेका थिए।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार ०८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !