एमाले धनुषा ८औं अधिवेशन : भोला यादव समूहको प्यानलसहित विजयी

एमाले धनुषा ८औं अधिवेशन : भोला यादव समूहको प्यानलसहित विजयी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ९, शुक्रबार ०७:११
एमाले धनुषा ८औं अधिवेशन : भोला यादव समूहको प्यानलसहित विजयी

जनकपुरधाम : नेकपा (एमाले) धनुषा जिल्ला कमिटीको ८औं अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा भोला यादव नेतृत्वको समूहले प्यानलसहित विजय हासिल गरेको छ।

अध्यक्ष पदमा यादवले ४०२ मत प्राप्त गर्दै २०२ मतको स्पष्ट अग्रता बनाए। उनका प्रतिस्पर्धीले २०० मत प्राप्त गरे।

ADVERTISEMENT

उपाध्यक्षमा तेजनारायण यादव विजयी भएका छन्। उनले ४३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जयप्रकाश सुनरैतले १६० मत पाए।

सचिवमा दीपनारायण ठाकुर ३६५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे।

उपसचिव पदमा सबिन विक्रम थापाले हरिकिशोर यादवलाई १८५ मतले पछि पार्दै जित हात पारे। महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मत ल्याउँदै किरण कापरलाई पराजित गरिन्। कापरले १८४ मत प्राप्त गरेकी थिइन्।

लेखा समिति संयोजकमा बिरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले प्रतिस्पर्धीलाई पछि पारे।

निर्वाचन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार ०७:११

तपाईको प्रतिक्रिया !