सिरहामा गैरव्यावसायिक पत्रकारको बिगबिगी, कारबाहीको चेतावनी

सिरहामा गैरव्यावसायिक पत्रकारको बिगबिगी, कारबाहीको चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ४, आईतवार १३:०४
सिरहामा गैरव्यावसायिक पत्रकारको बिगबिगी, कारबाहीको चेतावनी

जनकपुरधाम : सिरहामा गैरव्यावसायिक पत्रकारहरूको गतिविधि बढ्दै गएपछि नेपाल पत्रकार महासंघ, सिरहा शाखाले तीव्र आपत्ति जनाउँदै कडा कारबाहीको चेतावनी दिएको छ।

महासंघका अध्यक्ष मनोज बनैताद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि पत्रकार र पत्रकारिताको नाममा केही व्यक्तिहरूले गैरपेशागत र अनैतिक गतिविधि गर्दै आएको पाइएको छ। सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी कार्यालय र होटलहरूमा धम्की दिँदै पैसाको बार्गेनिङ गर्ने कार्य बढेको महासंघको आरोप छ।

ADVERTISEMENT

“यस्ता कार्यहरूले पत्रकारिता पेशाको विश्वसनीयता र छविमा गम्भीर क्षति पुर्‍याएको छ,” महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ। महासंघले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

महासंघले सबै सरोकारवालालाई यस्ता गतिविधिबाट सचेत रहन अनुरोध गर्दै, कुनै व्यक्ति वा समूह यस्ता कार्यमा संलग्न देखिएमा नजिकको प्रहरी कार्यालय वा पत्रकार महासंघलाई जानकारी गराउन अपिल गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार १३:०४

तपाईको प्रतिक्रिया !