लालबाबु राय निमित्त कार्यालय प्रमुखका रूपमा हाजिर

लालबाबु राय निमित्त कार्यालय प्रमुखका रूपमा हाजिर
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार ०८:१३
लालबाबु राय निमित्त कार्यालय प्रमुखका रूपमा हाजिर

सर्लाही  : स्वास्थ्य कार्यालय मलंगवामा लालबाबु राय निमित्त कार्यालय प्रमुखका रूपमा हाजिर भएका छन्। राय यसअघि सोही कार्यालयमा आठौं तहका तथ्याङ्क अधिकृतको रूपमा कार्यरत थिए।

कार्यालय प्रमुखको जिम्मेवारी ग्रहण गरेपछि उनलाई कार्यालयका कर्मचारीहरूले फूलमाला र अविर लगाएर स्वागत गरेका छन्। रायलाई हाल निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

ADVERTISEMENT

यसअघि कार्यालय प्रमुखका रूपमा कार्यरत नवलकिशोर झा स्वास्थ्य निर्देशनालय, सपही धनुषामा सरुवा भएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार ०८:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !