शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार ०८:२७
शौचालयमा लडेर प्रचण्ड घाइते, टाउकोमा चोट

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्।

गए राति खुमलटारस्थित निवासकाे शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

ADVERTISEMENT

उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्ड इमर्जेन्सीमा भर्ना भएका थिए।

प्रचण्डलाई न्यूराेलाेजिस्ट डा. बाबुराम पाेखरेलकाे टिमले उपचार गरेकाे थियाे।

उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार ०८:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !