पर्सामा विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत प्रवेश

पर्सामा विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत प्रवेश
मधेशपत्र मधेशपत्र २०८१ माघ १२, शनिबार १५:५८
पर्सामा विभिन्न पार्टीका सयौं नेताकार्यकर्ता जनमत प्रवेश

वीरगन्ज : पर्सामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् ।

शनिबार जनमत पार्टी पर्साले वीरगन्ज महानगरपालिका-८ मा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा हिरालाल रामको नेतृत्वमा एक सय भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेता बिजय राम,ध्रमेन्द्र राम,बिपिन राम,बच्चा प्रसाद कलवार,राम अग्या साह,पन्नादेवी,शिला देवी, राजेश राम,बाबुराम,हिरामनसहित सयौं जनाले विभिन्न पार्टी परित्याग गर्दै उनिहरुले जनमत प्रवेश गरेको छ।

जनमत पार्टीका कार्यकारिणी सदस्य नेता माधव सिंह,जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्य बिध्यालाल प्रसाद,रम्भा मिश्र नवप्रवेशीहरुलाई टीका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रम जनमत पार्टीका नेता तथा वडा समितिका अध्यक्ष रामजी रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सिमा गुप्ता,महानगर अध्यक्ष महादेव शर्मा,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, ब्रीजकिशोर कलवार,ब्रीजेस्वर चौधरी ,युवा अध्यक्ष उदय यादव,युवा दस्ता अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष संजय सिह, छोटेलाल चौरसिया, सन्तोषी महतो,संजय सरार्फ,लोकेश कर्ण ,राज साह,सिकेन्द्र राम,लगायतको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यार्थी जिल्ला अध्यक्ष बिबेक कुमार झाले गरेका थिए।

प्रकाशित मिति: २०८१ माघ १२, शनिबार १५:५८

तपाईको प्रतिक्रिया !