रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर
मधेशपत्र मधेशपत्र २०८१ माघ ७, सोमबार १६:१९
रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

काठमाडौं :धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।

धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।

खानेपानी समस्या समाधानका लागि सरकारले प्रबन्ध नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । उनी यस्तो अवस्थामा खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न रित्तै गाग्री लिएर आएका हुन् ।

उनी मंगलबार उक्त रित्तो गाग्रीसहित प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार छिर्ने भएका छन् ।

पूर्वका सहरहरूमध्ये धरानमा पानीको चर्को अभाव छ । सप्तकोशीको पानी ल्याउने भनिए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको छ ।

मेयर साम्पाङले धरानमा अहिले कोकाहा खोलाको पानी अस्थायी रुपमा ल्याएका छन् । कोकाहाको पानी ल्याएको पाइप जमिन र रुखमा बाँधिएको छ ।

प्रकाशित मिति: २०८१ माघ ७, सोमबार १६:१९

तपाईको प्रतिक्रिया !