६ जना प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली

६ जना प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली
जयनाथ पण्डित जयनाथ पण्डित २०८१ माघ ४, शुक्रबार १६:२३
६ जना प्राविधिक प्रहरी अधिकृतहरूले लगाए बढुवाको फुली

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच कुँवरले उनीहरूलाई बढुवाको फुली लगाइदिएका हुन् ।

गृह मन्त्रालय (सचिवस्तर) को माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ छन् ।

प्रकाशित मिति: २०८१ माघ ४, शुक्रबार १६:२३

तपाईको प्रतिक्रिया !