खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १३, मंगलवार ०९:२६
खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

सिरहाः लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताउनुभयो ।

अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०८१ कार्तिक १३, मंगलवार ०९:२६

तपाईको प्रतिक्रिया !