मिनीट्रकमा लुकाएर जनकपुर लगेको २ क्विन्टलभन्दा बढी गाँजा बरामद

मिनीट्रकमा लुकाएर जनकपुर लगेको २ क्विन्टलभन्दा बढी गाँजा बरामद
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ११, आईतवार १९:५०
मिनीट्रकमा लुकाएर जनकपुर लगेको २ क्विन्टलभन्दा बढी गाँजा बरामद

जनकपुरधाम : २ क्विन्टलभन्दा बढी गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। २२१ किलो ३८ ग्राम गाँजासहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा गएको धनुषा प्रहरी टोलीले जनकपुरधाम-१४ स्थित बाबा आयल सेन्टरअगाडि भीमफेदी गाउँपालिका-२ का २४ वर्षीय लुड्वालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

ADVERTISEMENT

मकवानपुरको भीमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख.१७७ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा उक्त ट्रकको बडीको पछाडिपट्टीको भागमा फल्स बटम बनाई लुकाईछिपाई ल्याउँदै गरेको प्रतिबन्धित २२१ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८१ कार्तिक ११, आईतवार १९:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !