प्रधानमन्त्रीका सल्लाहकारको नाम र पदको दुरुपयोग गरी ठग्ने पक्राउ

प्रधानमन्त्रीका सल्लाहकारको नाम र पदको दुरुपयोग गरी ठग्ने पक्राउ
मधेश पत्र मधेश पत्र २०८३ आश्विन २, शुक्रबार २२:२६
प्रधानमन्त्रीका सल्लाहकारको नाम र पदको दुरुपयोग गरी ठग्ने पक्राउ

काठमाडौँ : प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये छनोटमा नपरेका उनीहरूबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी पक्राउ परेका हुन्।

ADVERTISEMENT

उनीहरुले इजरायल पठाइदिने भन्दै जनही छ लाख २० हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार २२:२६
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !